७ आश्विन २०८३, बुधबार | September 23, 2026

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो



काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेखनीय घुइँचो लागेको छ ।

दर्शनार्थीको सहज आवागमन र पूजाआजाका लागि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै, बोलबम यात्रुका लागि विशेष व्यवस्था गरिएको छ भने मन्दिर प्रवेशका लागि चारवटा लामको व्यवस्था मिलाइएको छ ।

पशुपतिनाथसँगै गोकर्णेश्वर मन्दिर, नागेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर तथा मक्खन महादेव मन्दिर लगायत राजधानीका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको जनाइएको छ ।

साउन महिनाका सोमबार भगवान् शिवको विशेष पूजा-आराधना गर्ने धार्मिक परम्परा रहेकाले हरेक वर्ष यस अवधिमा देशभरका शिव मन्दिरमा श्रद्धालुको उल्लेखनीय भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ७ : ५१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज