१८ चैत्र २०७९, शनिबार | April 1, 2023

पृतनापतिलाई नै कोरोना संक्रमण लागेपछि नेपाली सेनाको मध्यपूर्वी पृतना सिल



काठमाडौ । महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका सेनापति र एकजना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि सिंगो पृतना नै सिल गरिएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्तरीका दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । ति मध्ये एक जना सेनाका पृतनापति र अर्का एक जना सोही पृतनाका चिकित्सक भएको खुलेको छ ।

ब्यारेक सिल गरी कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
संक्रमित चिकित्सक प्रदेश नं. २ का विभिन्न जिल्लाको क्वारेन्टाइन केन्द्रमा रहेका व्यक्तिहरुको कोरोना स्वाब संकलन कार्यमा खटिएका थिए।

कोरोनाको पुष्टि भएलगत्तै दुवै जनालाई काठमाडौंको बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पतालमा ल्याएर आइसोलेसनमा राखिएको छ । सशस्त्र प्रहरीको अस्पताललाई कोरोना अस्पताल बनाइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  १ : ३५ बजे

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो

आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर