७ आश्विन २०८३, बुधबार | September 23, 2026

चेम्बरले दियो सरकारलाई बजेटसम्बन्धी सुझाव



नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ ।

चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आज राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै गतिमा लैजान आग्रह गर्नुभएको हो ।

कोरोनाका कारण वैदेशिक रोजगारीमा गएकामध्ये कति घर फर्किएलान् र फर्किए तथा तीनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आफैँमा चुनौतीपूर्ण रहेको भन्दै चेम्बरले आर्थिक क्षेत्रमा यसको सिधा असर बैंकमा तरलता अभाव र विदेशी विनियम सञ्चितिमा पर्ने देखिएको जनाएको छ ।

चेम्बरको सुझावमा निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने नीति अपनाउनुपर्ने, ३० प्रतिशतसम्मको भ्याल्यू अडिसनमा पाँच प्रतिशतका नगद अनुदान दिनुपर्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको पुनःकर्जालाई अधिकतम वृद्धि गरी प्रभावित क्षेत्रको अवस्थाका आधारमा सबै प्रकारका साना घरेलु, मझौला तथा ठूला उद्योगलगायत निर्यात तथा अन्य व्यावसायिक क्षेत्रलाई समेत दीर्घकालीन कर्जा उपलब्ध गराउनुपर्ने र प्याकेजको आकार कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम हुन नहुने जनाएको छ ।

रुग्ण भएका ऊर्जाका आयोजनालाई पुनरुत्थान गर्न पाँच प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गर्नुपर्ने, आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुनेबित्तिकै अघि बढाउनु आवश्यक रहेकाले सरकारले अनिवार्यरुपमा वर्षको एकपटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आमनागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ४ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई