१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चेम्बरले दियो सरकारलाई बजेटसम्बन्धी सुझाव



नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ ।

चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आज राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै गतिमा लैजान आग्रह गर्नुभएको हो ।

कोरोनाका कारण वैदेशिक रोजगारीमा गएकामध्ये कति घर फर्किएलान् र फर्किए तथा तीनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आफैँमा चुनौतीपूर्ण रहेको भन्दै चेम्बरले आर्थिक क्षेत्रमा यसको सिधा असर बैंकमा तरलता अभाव र विदेशी विनियम सञ्चितिमा पर्ने देखिएको जनाएको छ ।

चेम्बरको सुझावमा निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने नीति अपनाउनुपर्ने, ३० प्रतिशतसम्मको भ्याल्यू अडिसनमा पाँच प्रतिशतका नगद अनुदान दिनुपर्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको पुनःकर्जालाई अधिकतम वृद्धि गरी प्रभावित क्षेत्रको अवस्थाका आधारमा सबै प्रकारका साना घरेलु, मझौला तथा ठूला उद्योगलगायत निर्यात तथा अन्य व्यावसायिक क्षेत्रलाई समेत दीर्घकालीन कर्जा उपलब्ध गराउनुपर्ने र प्याकेजको आकार कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम हुन नहुने जनाएको छ ।

रुग्ण भएका ऊर्जाका आयोजनालाई पुनरुत्थान गर्न पाँच प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गर्नुपर्ने, आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुनेबित्तिकै अघि बढाउनु आवश्यक रहेकाले सरकारले अनिवार्यरुपमा वर्षको एकपटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आमनागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ४ : ३० बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल