६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु



काठमाडौं । बाँकेको नरैनापुरमा अर्का एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्थानीय दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका एक युवकको आइतबार बिहान मृत्यु भएको हो ।

क्वारेन्टाइनमा रहेका युवक बैशाख ३० गते नेपाल आएका थिए ।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि उपचारकै क्रममा आइतबार बिहान ६ः३० बजे उनको मृत्यु भएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो ।

अहिले मृत्यु भएका युवाको शव अहिलेसम्म पनि क्वारेन्टाइनस्थलमै रहेको छ ।

नेपाली सेनाले अब शवको व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ४ : ३७ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको