११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

कपिलवस्तुको क्वारेन्टाइन केन्द्रबाट ४५ जना फरार



कपिलवस्तु । बाँकेको नरेनापुरस्थित क्वारेन्टाइनमा रहेका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको समाचारले चिन्ता बढाइरहेका बेला कपिलवस्तुको दुई वटा क्वारेन्टाइनबाट ४५ जना व्यक्ति फरार भएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका हुन्।

उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनमा बसेका ३० जना र शनिबार राष्ट्रिय निमाबि सिंहखोरका१५ जनाले  क्वारेन्टाइन छोडेको स्थानीय वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले बताउनुभयो ।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरू भागेका हुन् ।

यशोधरा गाउँपालिकाकै १२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्ति भागेपछि स्थानीयमा भने त्रास बढेको छ ।

अधिकांश क्वारेन्टाइन केन्द्रको सुरक्षा व्यवस्था कमजोर रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ९ : ०५ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि