२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

एमसीसी सम्झौता राष्ट्रघाती छ पास गर्नु हुँदैन : भीम रावल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिधिनिसभाका सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती भएको दाबी गर्दै विना संशोधन पास गर्न नहुने अडान पुनः जनाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गदै्र्र सांसद रावलले अहिलेकै अवस्थामा एमसीसी सम्झौता जारी भए त्या राष्ट्रहित विपरित हुने जिकिर गर्नुभयो ।

रावलले विवादास्पद एमसीसीलाई सरकारले पछाडिको ढोकाबाट ल्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यदि सम्झौता अनुसार भयो भने राष्ट्रहित विपरित हुनेछ। एउटा स्वधीन देशका हैसियतमा आँच पुर्याहउने सम्झौता लागु हुनुहुँदैन। स्वाधिनता पैसामा साट्न सकिँदैन।’

यस्तै, एमसीसी सम्बन्धमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा आइतबार दिएको अभिव्यक्तिप्रति पनि रावलले आलोचना गर्नुभयो । रावलले यही अधिवेशनमा पास हुनुपर्ने देउवाको भनाइतर्फ लक्ष्य गर्दै महाकाली सन्धी जस्तै राष्ट्रघाती हुने उल्लेख गर्नुभयो । रावलले भन्नुभयो, ‘नेपाली कांग्रेस संसदीय दलका नेताले यही अधिवेशनमा पारित गर्नुपर्छ भन्नुभयो। उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो।’

तर, महाकाली सन्धी १०/१० वर्षमा पुनरावलोकन हुने र कार्यान्वयन गर्ने सम्झौता भनिए पनि भएको छैन ।

यस्तै, रावलले लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतको उपस्थिति हट्नुपर्ने माग गर्नुभयो। नेपालको नक्साबाट कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १२ : १३ बजे

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको