७ भदौ २०८३, आइतबार | August 24, 2026

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान



नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती सोनारीमा लगानी गर्न तयार रहेको बताएका छन् । राप्ती सोनारी गाँउपालिकाको आमन्त्रणमा पालिका कार्यालय पुगेका बाँकेका उद्योगपति तथा व्यवसायीहरूले लगानी मैत्री वातावरण र आवश्यक सुरक्षाको प्रत्याभूती दिन सके राप्ती सोनारीमा लगानी गर्न सकिने धारणा राखेका हुन् ।

पालिका कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागी उद्योगीहरुले बाँकेको राप्ती सोनारी गाउँपालिकामा कृषि र पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको बताए । उनीहरुले उद्योगीहरुलाई स्थानीय तहबाट निश्चित समय कर मुक्त वातावरण, आवश्यक विद्युत उर्जा र सहुलियत र सुरक्षित जग्गा उपलब्ध हुन सके पालिकामा उद्योगहरुको स्थापना हुन सक्ने बताए । राप्ती सोनारीमा पर्याप्त कच्चापदार्थहरु उपलब्ध भएको उल्लेख गर्दै उनीहरुले त्यसका लागि आवश्यक कानुनको तर्जुमा आवश्यक रहने बताए । उद्योगीहरूले राप्ती सोनारीको भौगोलिक अवस्था र निकुञ्जसँगको निकटताले यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्योग क्षेत्रमा लगानी आकर्षित गर्न निजी क्षेत्रसँग सहकार्यको खोजी थालिएको जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्र भएकाले पर्यटकीय सम्भावना उच्च रहेको भन्दै पालिका अध्यक्ष पौडेलले लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पालिका लगानीमैत्री वातावरण बनाउन तयार रहेको जनाउँदै कानुनी तथा नीतिगत सहजीकरणमा पनि स्थानीय सरकार सहयोगी हुने स्पष्ट पारे ।

छलफलमा सहभागी उद्योगपति चम्पालाल बोथराले अन्नबाली सहित खेतीयोग्य जमिनमा व्यवसायिक रुख रोप्न सके स्थानीयबासीको आयमा दोब्बर प्रतिफल मिल्न सक्ने बताए । उनले प्लाउड जस्ता उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध हुन सके उद्योगीहरु आकर्षित हुने औँल्याए ।

उद्योगी सञ्जयकुमार अग्रवालले औद्योगिक क्षेत्रमा लगानी बढाउन नीति सहज भए उद्योग स्थापना सम्भव हुने धारणा राखे । उनले बर्दियामा जस्तै कर छुट तथा विशेष सुविधा दिए कृषिजन्य उद्योग विस्तार हुने सुझाव दिए ।

होटल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले राप्ती सोनारी प्राकृतिक सम्पदामा धनी पालिका भएको जनाउँदै पालिकालाई पर्या–पर्यटनको लगानीबाट समृद्ध बनाउन सकिने सुझाव दिए । उनले यहाँको प्राकृतिक सम्पदा उपयोग गरेर पर्यटन उद्योग विस्तार गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले राप्ती सोनारीलाई पर्यटन विकासको मुख्य आधार क्षेत्रका रूपमा अघि बढाउन लगानी सम्मेलनमार्फत उद्योग–व्यवसाय आकर्षित गर्न पालिकालाई सुझाव दिए ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ५७ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना