१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सरकारलाई काँग्रेसको गम्भीर प्रश्न : क्वारेन्टिनका बिरामी युवकलाई अस्पताल किन लगेनौं ?



काठमाडौं । नेपाली कांग्रेसले बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोनाका कारण युवकको मृत्यु घटनाबारे सरकारको जवाफ मागेको छ ।

सोमबाट काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ती जारी गर्दै नरैनापुर क्वारेन्टिनमा सरकारको गम्भीर लापरवाही भएको आरोप लगाउनुभएको छ ।

प्रवक्ता शर्माले ‘विश्वब्यापी रूपमा लाखौंको मृत्यु भइरहेका बेला ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरुलाई नजरअन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिनहरू झनै विकट हुने’ चेतावनी पनि दिनुभएको छ ।

ती युवकको मृत्युबारे कांग्रेसले सरकारसँग प्रश्नको वर्षा गर्दै बिरामी अवस्थाका युवालाई अस्पताल किन लगिएन भन्ने प्रश्न गरेको छ ।

सरकारलाई काँग्रेसले के के सोधेको छ ?
१. ती युवकले अघिल्लो दिन देखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुंँदै क्वारेन्टिनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पु(याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

२. क्वारेन्टिनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राती एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

३. एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोबिज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएनरु देशभरनै यो समस्या किन निरन्तर देखिएको छर ?

४. आइतबार बिहान ७ः०० बज्नु अघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टिनमा बनाइएको बिद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियोरु अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन्रु ?

५० लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, संभव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएनरु विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमूनालाई प्राथमिकता साथ परिीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पीसीआर उपकरणमा परीक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने/गराउने ब्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

६० नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टिनको यस्तो अव्यवस्थित स्थिति देखि परीक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेको बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

७० श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहिी चेत आएको छ कि बांँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?

नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न चेतावनी दिँदै कांग्रेसले भनेको छ, ‘एउटा मात्रै जीवन गुम्नु पनि सम्बन्धितको सतप्रतिशत गुम्नु हो, अनि परिवारजनले भोग्ने अपुरणीय क्षति। ती युवकको आत्माले शान्ति प्राप्त गरोस् भन्ने हाम्रा कामनाहरु तब सार्थक हुनेछन् जब उनको मृत्युसँग सम्बन्धित प्रश्नहरुको गहिरो समिक्षा गरेर सरकार आत्मआलोचित हुनेछ र यो घटना पश्चात् कोरोना विरुद्धको संघर्षमा लड्न युद्धस्तरित ब्यवस्थापन गर्ने तयारीमा लाग्नेछ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ५ : २० बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज