६ आश्विन २०८३, मंगलबार | September 23, 2026

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान



खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र स्थानीय लक्षित स्वास्थ्य शिविर र रक्दान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो वार्षिक क्यालेण्डर अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत अभिभावक र स्थानीयबासीलाई लक्षित गर्दै विद्यालयले स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले रक्तदान गरेर शुभारम्भ गरेका थिए । मन्त्री खत्री सहित २६ जनाले रक्तदान गरेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, ब्लड बैंकका प्रमुख होम गिरीले जानकारी दिए ।

स्वास्थ्य शिबिरबाट १ सय बढी स्थानीयबासी र अभिभावकहरुले सेवा लिएको विद्यालयका प्रधानाध्यापक ऋषिकेश जिसीले जानकारी दिए । मुटुरोग बिशेषज्ञ डा. बिपिन आचार्यले शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १० : ५१ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै