१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपालमा कोरोनाको स्रोत भारत, सिमामा कमजोर सिल संक्रमण आयातको मुख्य कारण



बुटवल । अघिल्लो २ सातासम्म ५० को अंकमा दौडिरहेको नेपालमा संक्रमितहरुको संख्या पछिल्लो साता द्रुत गति अगाडि बढिरहेको छ ।

बिशेषगरी नेपालको तराई मधेस पछिल्लो अपडेटमा निकै भयावह अवस्थामा कोरोना भाइरसको आक्रमणको चपेटामा परेको देखिएको छ । जतिपनि तथ्यांक आएकाछन् ती सबै तथ्यांकमा तराई मधेसमा फैलिएको भाइरसको मुहान भारत तिरै तेर्सिएको छ ।

त्यसमा पनि भारतले लकडाउन खुकुलो बनाउंदै रेल सेवा संचालन गरेपछि सिमामा आईपुगेका नेपाली र उनीहरुले नेपाल प्रवेश गर्न अवलम्बन गरेका उपायले राज्यलाई गिज्याएको मात्र छैन, तराई मधेसलाई खर्लप्प निल्ने संभावना देखाएको छ ।

सिमाको मुल ढोकाबाट नेपाल छिर्न नपाएपछि हजार्रौ नेपालीहरु चोरी नाकाहरु प्रयोग गर्दै नेपाल छिरेकाछन् । कतै सिमा सिल जोगाउन बसेका सुरक्षाकर्मीलाई अलिअलि नगद बुझाएर त कति स्थानमा खेत, खोल्सा, जङ्गलको बाटो प्रयोग गरेर नेपाल भित्रिएको देखिएको छ । यसरी प्रवेश गरेका अधिकांस न त स्थानीय तहको क्वारेन्टाईन्मा छन् न त राज्यको तथ्यांकमा । जसका कारण पछिल्ला दिनहरुमा तराईमा एकपछि अर्को ब्रेक मार्दे कोरोना फैलिने क्रम बढेको छ ।

तराईमा तीव्र गतिमा फैलिरहेको कोरोना सङ्क्रमणको मूल थलो अर्थात् मुहान हेर्ने हो भने सबैजसो भारत नै रहेको देखिन्छ । कैलालीमा देखिएको केही केश बाहेक अधिकांश सङ्क्रमितहरु कि त भारतबाट नेपाल आएका छन् कि त भारतबाट नेपाल छिरेकाहरुको सम्पर्कमा आएकाहरु छन् । महोत्तरीमा देखिएको सङ्क्रमणमा भारतबाट आएकाहरुको सम्पर्कमा रहेको देखिएको छ भने सिराहाका व्यक्तिमा कसरी सङ्क्रमण भयो भन्ने कन्ट्क्याक्ट ट्रेसिङ खुलिसकेको छैन ।

उनी फागुन महिनामै मलेसियाबाट नेपाल फर्किएको खुलेको छ तर उनी पुरानो सङ्क्रमित हुन् कि नयाँ लागेको हो भनेर पुष्टि भइसकेको छैन । ती बाहेक बाँकी अन्य सबै सङ्क्रमण कि त भारतबाट आएकाहरुलाई लागेको छ कि त भारतबाट नेपाल आएका मानिसको सम्पर्कमा रहेकालाई भएको छ ।

यी सबै तथ्यले कोरोना सङ्क्रमणको उदगम थलो भारत नै रहेको देखिन्छ । यो समाचार लेख्दासम्म नेपालका ३ सय ५१ संक्रमित मध्ये ३ सय २९ जना त तराई मधेसमै संक्रमण पुष्टी भएकाहरुमा पर्दछन् । त्यसमध्य जुनजुन जिल्लामा भारतसंग रोटीबेटीको सम्बन्ध बढी छ, जुन जुन जिल्लामा व्यावसायिक गतिविधी बढी छ तीनै जिल्लामा संक्रमणको प्रभाव पनि बढी देखिएको छ ।

सुरुवाती अवस्थामा सानो जमातीहरुलाई मात्र दोषारोपण गरिएको भएतापनि पछिल्लो संक्रमितहरु अधिकांस भारतमा मजदुरी गरि फेर्केका नेपालीहरुमा नै संक्रमण देखिएको छ । हालसम्म तराई मधेसमा देखिएको संक्रमणको संख्यालाई आंकलन गर्दा पहिलो नम्बरमा पर्सामा ९१, दोस्रोमा बांके ८१ जना र त्यसै गरि कपिलवस्तु ४२, उदयपुर ३३, रुपन्देही २८, रौतहट २२ धनुषा ७, कैलाली ४, बारा ४, महोत्तरी ३, दाङ ४, झापा २, मोरङ ३, सर्लाही २, बर्दिया २ रहेकाछन् । त्यसैगरी कञ्चनपुर १, नवलपुर १, सिराहा १ र सप्तरीमा पनि १ जनामा संक्रमण देखिएको छ । अंकका सबै सुई भारततर्फ नै तेर्सिएको छ ।

बिशेष गरी भारतमा उद्योग कलकारखाना बन्द हुंदै गएपछि बेरोजगार बनेका नेपालीलाई नेपाल आउनु रहरमात्र नभएर बाध्यता जस्तै देखिएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने भारतको अहमदावाद, सुरत, मुम्बई लगायत स्थानका औद्योगिक कलकारखाना बन्द हुँदा मजदुरहरु समस्यामा परेको र उनीहरुकै कारण सङ्क्रमण फैलिएको देखिएको छ ।

नेपालगञ्ज, पर्सा र उदयपुरमा भारतीयहरु आएर बसेका कारण संक्रमण फैलिएको देखिन्छ भने कपिलवस्तु, कञ्चनपुर, बर्दिया, रुपन्देही, नवलपुर, रौतहट, सर्लाही, मोरङ, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्लामा भारतबाट नेपाल फर्केका नेपालीहरुमा संक्रमण देखिएको पाईन्छ । रुपन्देही, कैलाली, चितवन लगायतका जिल्लाहरुमा निकोभएर फर्केको रिपोर्ट समेत रहेकाले संक्रमण नियन्त्रण उन्मुख रहेको पनि भन्न सकिन्छ ।

मुख्यतया चोरीबाटोबाट आएकाहरुबाट नै संक्रमण फैलिएको पाईएको हुँदा राज्यको सिमामा कडाई हुन नसक्नु मुख्य कारण हो भन्नु पर्दछ । राज्यका आधिकारीक निकायले खुल्ला सिमाना भएकाले बनजङ्गल, खोल्सा, खेतबारीबाट भित्रिने गरेको बताए पनि कतिपय अवस्थामा सिमामा तैनाथ सुरक्षाकर्मीलाई केहि दक्षिणा बुझाएर भित्रिएको समेत भेटिएको छ ।

त्यसमा पनि भारतीय सुरक्षाकर्मीले सिमाबाट मौका छोपेर नेपाल भित्राउने क्रम पनि उत्तिकै छ । सिमामा नाम मात्रको सिमा सिलको हल्ला फिंजाउनु भन्दा सिमामा सांच्चैको सिल गरेर सिमामा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाईनमा राख्न सक्ने गरि तयारी गर्नु आवश्यक छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ६ : ५८ बजे

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख