६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

बांकेका संक्रमितले उपचार गर्ने अस्पताल पाएनन्, गांउकै स्वास्थ्य केन्द्रलाई आईसोलेसन बनाईदै



नेपालगञ्ज । बांकेको नरैनापुरमा एकै दिन ४७ जना संक्रमित पुष्टी भएपछि उनीहरुको उपचार गर्ने आईसोलेसन तयार नभएका कारण अहिले सम्म क्वारेन्टाईनमै राखिएको छ । प्रदेश सरकारले पुर्व तयारी पर्याप्त गरेको बताएपनि सरकारले तयार गरेको बांकेको खजुरा स्थित अस्पताल रुपन्देहीको कोरोना बिशेष अस्पताल भरिभराउ भई सकेको छ भने दाङ र रुपन्देहीको भिम अस्पतालमा पनि स्थान अभाव हुने अवस्था देखिएको छ । नरैनापुरमा आज पुष्टी भएका संक्रमितहरुलाई नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नै आइसोलेसन अस्पतालमा विकास गरेर उनीहरुको उपचार गरिने भएको छ ।

सोमबार एकैदिन नरैनापुर क्षेत्रका ४७ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई राख्नका लागि आइसोलेसन बनाउन लागिएको हो ।

तत्कालका लागि स्थानीय प्राथमिक केन्द्रलाई नै आईसोलेसन अस्पताल बनाउने र उपचार गर्ने तयारी गरिएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो । आइसोलेसन अस्पताल तयार गर्न तुरुन्त साधन र श्रोत जुटाउन असम्भव भएपछि नेपालगन्जका निजि अस्पतालहरुबाट आवश्यक सामाग्रीको ब्यवस्थापन गरिएको सहायक प्रजिअ प्याकुरेलले बताउनु भयो । निजी अस्पतालहरुले आफुसंग भएकोबाट आधा बेड तथा उपकरण उपलब्ध गराउने सहमती दिएको प्याकुरेलले जानकारी दिनुभयो ।

आइसोलेसन कक्ष व्यवस्थापनका लागि भेरी अस्पतालका चिकित्सक टोली, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टिम नरैनापुर पुगिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ४१ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन