५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेको नरैनापुर अनिश्चितकालीन सिल, एउटै गाउँपालिकामा ६८ जना कोरोना संक्रमित



नेपालगन्ज । बाँकेको नरैनापुरलाई स्थानीय प्रशासनले अनिश्चितकालीन सिल गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको भोलिपल्टै एकै दिन ५९ जनामा सङ्क्रमण पुष्टि भएपछि नरैनापुरलाई सिल गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।

सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । अहिले नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नरैनापुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आइतबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै, सोमबार एकै दिन ५९ जनामा संक्रमणको पुष्टि भएको थियो । एउटै गाउँपालिकामा सङ्क्रमितको सङख्या ६८ पुगेको छ ।

नाम मात्रको क्वारेन्टाइनमा बिरामी युवकले पानी र जीवनजल समेत खान नपाएर मृत्यु भएको भन्दै कमजोर व्यवस्थापनको आलोचना भैरहेको छ ।

नरैनापुरका २६३ जनाको स्वाब परीक्षण गरिएको थियो ।

नरैनापुर नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ९ : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता