२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाँकेको नरैनापुर अनिश्चितकालीन सिल, एउटै गाउँपालिकामा ६८ जना कोरोना संक्रमित



नेपालगन्ज । बाँकेको नरैनापुरलाई स्थानीय प्रशासनले अनिश्चितकालीन सिल गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको भोलिपल्टै एकै दिन ५९ जनामा सङ्क्रमण पुष्टि भएपछि नरैनापुरलाई सिल गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।

सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । अहिले नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नरैनापुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आइतबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै, सोमबार एकै दिन ५९ जनामा संक्रमणको पुष्टि भएको थियो । एउटै गाउँपालिकामा सङ्क्रमितको सङख्या ६८ पुगेको छ ।

नाम मात्रको क्वारेन्टाइनमा बिरामी युवकले पानी र जीवनजल समेत खान नपाएर मृत्यु भएको भन्दै कमजोर व्यवस्थापनको आलोचना भैरहेको छ ।

नरैनापुरका २६३ जनाको स्वाब परीक्षण गरिएको थियो ।

नरैनापुर नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ९ : ३८ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७