१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै



कैलाली । विश्वभर महामारीका रूपमा देखिएको कोरोनाको सङक्रमणलाई थप फैलिन नदिन यसका सङ्क्रमित बढिरहेको भारतबाट आवतजावत रोक्न सीमामा सशस्त्र प्रहरी र जनतासँगसँगै खटिएका छन् ।

सङक्रमण फैलिन नदिन सशस्त्र प्रहरी र जनता सँगसँगै खटिएका कारण सीमानाकाबाट लुकेर आउने तथा चोरी तस्करी नियन्त्रण भएको भजनी नगरपालिका-५ का वडाध्यक्ष केशव बुढाले बताउनुभयो ।

उहाले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङक्रमण थप फैलिन नदिन सीमा सिल गर्ने काम भएकामा खुशी व्यक्त गर्नुभयो । सीमामा सशस्त्र प्रहरी र जनताको संयुक्त पहरेदारीले कोरोना रोकथाम तथा सीमाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाको भनाइ थियो ।

अध्यक्ष बुढाले अहिले अस्थायी संरचनामा बसेर सीमाको रक्षा गरिरहेको सशस्त्र प्रहरीको बिओपीमा पक्की भौतिक संरचना निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन गरेर संरचना निर्माण भइरहेको बताउनुभयो । खुला सिमानाका कारण भित्रिने अवैध सामान तथा कोरोना नियन्त्रणका लागि आवतजावतमा नियन्त्रण भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रतन रेग्मीले बताउनुभयो ।

प्रहरी चौकीको सञ्चालनका लागि स्थानीय तह तथा स्थानीय बासिन्दाको सहयोग निरन्तर रहेको रेग्मीले बताउनुभयो । हावाहुरी र असिनापानीले सशस्त्र प्रहरीलाई समस्यामा पारेको बताउँदै रेग्मीले सीमानाकाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि स्थायीरूपमा सशस्त्र प्रहरी चौकी स्थापनाका लागि पहल गरिरहेको बताउनुभयो ।

प्रहरी चौकीको स्थापनासँगै भारतीय क्षेत्रबाट आएर गर्ने लुटपाट तथा चोरी तस्करी नियन्त्रणमा आएको हुँदा स्थायीरूपमा सशस्त्र प्रहरीको चौकी यहीँ रहनुपर्ने आवश्यकता रहेको रेग्मीले बताउनुभयो ।

सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेशका सहायक प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भेषबहादुर शाहले सीमारक्षा तथा आवतजावत रोक्ने सरकारको निर्देशन पालनामा सशस्त्र प्रहरी जनतासँग मिलेर अहोरात्र खटिरहेको बताउनुभयो । हावाहुरी, चट्याङ र पानीले गर्दा सीमामा खटिएका प्रहरीलाई समस्या भए पनि राज्यलाई परिआएको बेलामा आफूहरूले जसरी पनि राज्यको नीतिअनुरूप काम गर्ने शाहले बताउनुभयो ।

‘हावाहुरीले चौकी उडाउनेलगायतका समस्या अस्थायी चौकीमा देखिएको छ’, उहाले भन्नुभयो, ‘यस्तो समस्या भए पनि सशस्त्र प्रहरीका सिपाहीहरू चौबिसै घण्टा खटिएका छन् ।’ सीमामा खटिएका सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तह तथा स्थानीय जनताले गरेको समन्वय प्रंशसनीय भएको शाहले बताउनुभयो ।

उहाले कैलालीमा स्थायी र अस्थायी गरी २३ बिओपी र १२३ सशस्त्र प्रहरी चौकीबाट सीमामा निगरानी राखिरहेको बताउनुभयो । शाहले सीमा क्षेत्रमा करिब एक किलोमिटरको फरकमा अस्थायी चौकीहरु निर्माण गरेर निगरानी राखिएको बताउनुभयो । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ९ : ४३ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country