२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिनुहुनेभएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

मध्यान्न १२ बजे बस्ने बैठकमा सासंदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्षी दलले ७ वटा संसोधन राखेका छन् ।

यस्तै, सत्तारुढ पार्टीकै कतिपय सांसदहरुले सरकारले चोरबाटोबाट विवादास्पद एमसीसीसम्बन्धी कार्यक्रमलाई नीति तथा कार्यक्रममा छिराएको भन्दै आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सबैको जवाफ दिनुहुने बताइएको छ ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ लाई स्वीकृत गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसुची रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १० : ०७ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद