१७ श्रावण २०८३, आइतबार | August 3, 2026

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिनुहुनेभएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

मध्यान्न १२ बजे बस्ने बैठकमा सासंदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्षी दलले ७ वटा संसोधन राखेका छन् ।

यस्तै, सत्तारुढ पार्टीकै कतिपय सांसदहरुले सरकारले चोरबाटोबाट विवादास्पद एमसीसीसम्बन्धी कार्यक्रमलाई नीति तथा कार्यक्रममा छिराएको भन्दै आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीले सबैको जवाफ दिनुहुने बताइएको छ ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ लाई स्वीकृत गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसुची रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १० : ०७ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले