७ कार्तिक २०८१, बुधबार | October 23, 2024

कोरोना संक्रमित र नेगेटिभ रिपोर्ट आएका एउटै क्वारेन्टाईनमा



नेपालगन्ज । बाँकेको नरैनापुरमा आईतबार १ जनाको मृत्यु भएपछि र सोमबार ५९ जनामा पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भए पछि पनि पुष्टी भएको कम्तीमा १२ घण्टा नेगेटिभ र पोजेटिभ रिपोर्ट आएका सबै संगै बसेको पाईएको छ । स्वाव संकलन गरेर रिपोर्ट सार्वजानिक नहुंदाको १८ देखि २४ घण्टा उनीहरु संगै बसे, संगै सुते र सगै खाए । पोजेटिभ रिपोर्ट आएपछिको १२ घण्टासम्म पनि उनीहरुलाई अलग अलग बनाउने काम सम्बन्धित निकायले गर्न नसकेको पाईएको छ ।

पहिलो लटमा ४७ र पछिल्लो लटमा १२ जनाको रिपोर्ट मंगलबार पुष्टी भएको थियो । मध्यान्ह तिर रिपोर्ट पोजिटिभ आएको पुष्टी भएपनि उनीहरुलाई अलग अलग राख्ने काम भने मंगलबार अबेर रातीमात्र भएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल बताउनुहुन्छ । एकातिर कोरोना पुष्टी भएका र नभएका एकैस्थानमा बस्नुपर्नेको बाध्यता छ भने अर्को तिर उनीहरुलाई पुष्टीभएकाहरुलाई कहां राखेर उपचार गर्ने हो भन्नेकुरा पुष्टीभएको २ दिन बित्नलाग्दा पनि प्रशासनले निक्र्योल गर्न सकेको छैन । क्वारेन्टाईनमा बसेकाहरुलाई कहिले स्थानीय स्वास्थ्य केन्द्र त कहिले नेपालगन्ज लैजाने भनिए पनि उनीहरु अहिले सम्म ४० डिग्री बढी तापक्रमका बिच टिनको छानामुनी बस्न बाध्य बनेका छन् । पिसिआर परिक्षण गरेको २४ घण्टा पुगि सक्दा पनि उनीहरु बिजोग अवस्थामा छन् । उनीहरुलाई न खाने गास छ न न सुत्ने ठाँउ नै राम्रो पाइरहेकाछन् । उखरमाउलो गर्मी र त्यसमा मच्छरको टोकाईकाबीच छटपटाउदैँ रात कटाइरहेकाछन् ।

बाँके जिल्लामा एकैदिन ठूलो संख्यामा संक्रमित भेटिएपछि जिल्लामा संक्रमितहरुलाई राख्ने आईसुलेसनको ब्यवस्था प्रशासनले मिलाउन सकेको छैन । मंगलबार दिनभरी स्थानीय लक्ष्मणपुर प्राथमिक उपचार केन्द्रलाई आईसोलेसन बनाउने तयारी गरिएपनि बिद्युत, पानी र उपकरणको अभावमा आईसोलेसन बनाउन लागिएको भन्दै सामाजिक सञ्जाल लगायत बिभिन्न माध्यमबाट आलोचना भएपछि प्रशासन नरैनापुरमा आईसोलेसन बनाउने कामबाट पछाडि हटेको छ । स्थानीय प्रशासनले संक्रमितहरुलाई नेपालगन्ज ल्याउने निर्णय त गरेको छ, तर ल्याएर कता राख्ने हो त्यसको निर्णय अझै हुन सकेको छैन । आईसोलेसन बनाउनका लागि स्थानीय निजि अस्पतालहरुले आफुसंग भएको सामाग्रीको आधा उपलब्ध बनाउने घोषणा गरेपनि निजि अस्पताल प्रयोग गर्न दिने आसय कतैबाट आएको छैन । सुरुमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले ३५ बेडको आइसोलेसन बनाएको घोषणा गरेपनि नरैनापुरका संक्रमितको उपचारमा आनाकानी गरिरहेको प्रशासनको एक श्रोतले बताएकाछन् ।

प्रशासनको चरम लापरबाही र स्थानीय निकायसगं समन्वय अभावमा लकडाउनको दुई महिना वितिसक्दा पनि सबै कुरा व्यवस्थित हुनसकेको छैन । जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी पाएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको मोबाईल नउठ्ने समस्याबाट सबै सरोकारवाला आजित जस्तै छन् । क्वारेन्टाईनमा रहेका २६३ जनाको स्वाव संकलन गरिएकोमा ६० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । १ जनाको मृत्यु समेत भईसकेको छ । कोरोना पुष्टि भएपनि बाँके प्रशासनले उनीहरुलाई छुट्टै आइसोलेसनमा राख्न सकेको छैन । २०० जना संक्रमण नभेटिएकाहरु पनि सोमबार पोजिटभ भेटिएका ५९ जना संक्रमितहरुसगैं बसेका छन् । जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्योकुरेलका अनुसार कोरोना पोजेटिभ देखिएका ५९ जनालाई ब्यवस्थित तरिकाले राख्नका लागि सोमबार अबेर राती ८ बजेसम्म जिल्ला स्थित सुरक्षा समितिको बैठक बसेपनि उनीहरुलाई ब्यवस्थापन गर्न ठोस निर्णय गर्न सकेन । मंगलबार मध्यान्ह पछि नेपालगन्जको धम्बोझी स्थित लायन्स डेण्टल अस्पताल र कृषि तालिम केन्द्र कोहलपुरमा संक्रमितहरुको उपचार गर्ने निर्णय गरेको छ । निर्णय भएको कम्तीमा १२ घण्टा त्यस स्थानलाई आइसोलेसन बनाउन तयारी गर्नु पर्ने हुंदा आज पनि संक्रमितहरु क्वारेन्टाईनमा नै रहनुको बिकल्प देखिंदैन ।

संक्रमित ५९ जना क्वारेन्टिनमा बसेका २०० सय जनाहरुसगैं अहिलेसम्म घुलमिल गरेर बसेका छन् । यसले पनि थप संक्रमण बढ्न सक्ने जोखिम देखिएकोछ । प्रदेश सरकारले प्रदेश नम्बर ५ को पुर्व तयारी पर्याप्त भएको गफ दिईरहंदा एकै दिन ५९ जनामा संक्रमण पुष्टी हुंदा नै आइसोलेसन बेड सरकारसंग नभएको देखिएको छ । सरकारले नेपालगन्ज स्थित नेपाल प्रहरीको अस्पताल र नेपाली सेनाको अस्पताललाई कोरोना अस्पताल घोषणा गरेपनि ती अस्पतालहरुमा कोरोनाका विरामीलाई राख्न नदिदाँ संक्रमितहरुको बिजोग हुन पुगेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  २ : ५२ बजे

बसको ठक्करबाट हजुरबुवा र नातीनीको मृत्यु

झापा । यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ

बर्दियाको ठाकुरबाबामा युवा लक्षित ‘फोहोरलाई मोहर’ बनाउने तालिम सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबामा ‘हरित अर्थव्यवस्था परियोजना’ अन्तर्गत फोहोर व्यवस्थापन

वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा हुने आध्यात्मिक महोत्सवको तयारी तिब्र

नेपालगन्ज । वैकुण्ठधाम निर्माणार्थ नेपालगन्जमा संचालन हुने आध्यात्मिक महोत्सवको तयारीलाई

हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका