१ कार्तिक २०८३, शनिबार | October 17, 2026

भारतको हैकमवादी नीतिप्रति प्रधानमन्त्री ओलीको कडा प्रहार : ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सधैंभर जप्दै आएको सत्यमेव जयतेको सम्मान हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतसामू लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको पक्षमा लाग्ने कि जवरजस्तीको पक्षमा लाग्ने भन्ने निक्र्यौल गर्ने समय आएको बताउनुभएको हो ।

नेपाली भूमि फिर्ता गर्ने विषयमा भारतको निशान छापमा रहेको सत्यमेव जयतेलाई स्मरण गर्दै प्रश्न गर्नुभयो, सत्यमेव जयते कि सिंहमेव जयते ? भारतको पछिल्लो क्रियाकलापले भारत सत्यको पक्षमा नभै जवरजस्तीको पक्षमा रहेको देखिएको उहाँले आंकलन गर्नुभयो ।

लिम्पियाधुरा लिपुलेक कालापनी नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको प्रतिवद्धता उहाँले दोहोर्याउनुभयो । भूमि फिर्ता सजिलो छैन भन्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतको एउटा प्रतिक चिन्ह छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनी सत्यमेव जयदेव लेखेको छ । म सोध्ने वाला सत्यमेव जयते कि सिंहमेव जयते ?’

नेपाल सत्यमा विश्वास गर्नेभएका कारण भूमि फिर्ता गर्न सकिन्छ भन्ने विश्वास रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  २ : ५५ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ