५ पुस २०८२, शनिबार | December 20, 2025

लिपुलेकका विषयमा चीनलाई पनि छुट छैन, छलफल अघि बढाएका छौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका विषयमा चीनसँग पनि कुरा गरिएको बताउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिपुलेकसडकसँग चीन पनि जोडिएका कारण उसँग कुरा गरिएको बताउनुभएको हो ।

सन् २०१५ मा भारत र चीनबीच भएको दुईपक्षीय सम्झौताको बुँदा नं. २८ मा लिपुलेक हुँदै व्यापार र धार्मिक यात्रा गर्ने विषयमा सहमति भएको थियो । नेपाली भूमिबाट जोडिने सडकमा नेपाललाई नसोधी भारत र चीनबीच भएको सम्झौताको नेपालले त्यतिबेलै विरोध गरेको थियो ।

एक सांसदले भारतलाई जस्तै चीनलाई कुटनीतिक नोट पठाएको या नपठाएको विषयमा प्रश्न सोधेपछि प्रधानमन्त्री ओलीले चीनसरकारका अधिकारीसँग कुरा गरिएको बताउनुभएको हो ।

जवाफमा चीन सरकारका अधिकारीहरुले परम्परागत यात्रा र व्यापार मार्गका बारेमा मात्र भारतसँग कुरा गरिएको बताएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नु भएको छ । र, चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत हिसाबले एउटा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्न्धबमा मात्र कुरा गरिएको हो । यसले सीमा सम्बन्धी प्रश्नमा, त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन । र, यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ । यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ । हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ । त्यसकारण यसम्वन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं कुरा गरेका छौं ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ३ : २२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता