२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

लिपुलेकका विषयमा चीनलाई पनि छुट छैन, छलफल अघि बढाएका छौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका विषयमा चीनसँग पनि कुरा गरिएको बताउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिपुलेकसडकसँग चीन पनि जोडिएका कारण उसँग कुरा गरिएको बताउनुभएको हो ।

सन् २०१५ मा भारत र चीनबीच भएको दुईपक्षीय सम्झौताको बुँदा नं. २८ मा लिपुलेक हुँदै व्यापार र धार्मिक यात्रा गर्ने विषयमा सहमति भएको थियो । नेपाली भूमिबाट जोडिने सडकमा नेपाललाई नसोधी भारत र चीनबीच भएको सम्झौताको नेपालले त्यतिबेलै विरोध गरेको थियो ।

एक सांसदले भारतलाई जस्तै चीनलाई कुटनीतिक नोट पठाएको या नपठाएको विषयमा प्रश्न सोधेपछि प्रधानमन्त्री ओलीले चीनसरकारका अधिकारीसँग कुरा गरिएको बताउनुभएको हो ।

जवाफमा चीन सरकारका अधिकारीहरुले परम्परागत यात्रा र व्यापार मार्गका बारेमा मात्र भारतसँग कुरा गरिएको बताएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नु भएको छ । र, चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत हिसाबले एउटा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्न्धबमा मात्र कुरा गरिएको हो । यसले सीमा सम्बन्धी प्रश्नमा, त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन । र, यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ । यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ । हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ । त्यसकारण यसम्वन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं कुरा गरेका छौं ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ३ : २२ बजे

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको