११ चैत्र २०७९, शनिबार | March 25, 2023

पीसीआर परीक्षणको दायरा बढाउन सांसदहरुको माग



काठमाडौं । सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दयरा बढाउनमा माग गरेका छन् ।

राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन् ।

सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताउनुभयो । अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लिकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उहाँले बताउनुभयो प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । प्रदेशमा कोरोनाका विरामी मात्रै नभएर अन्य विरामीहरु पनि समस्यामा रहेको उहाँले बताउनुभयो उहाँले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ ।

सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गर्नुभयो । प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उहाँले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘४०, ४५ लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौ । व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस् । आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनोका हौ ।’’

सांसद शेखर कुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गर्नुभएको छ । स्थानीय तहहरुले क्वारेन्टाइनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उहाँले बताउनुभयो ।

अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत विउ, मलको समयमै व्जयवस्थापन गर्न पनि उहाँले माग गर्नु भएको छ ।

सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्ना कुराहरु राख्नुभएको छ । नेपाल र भारतका पूर्वा शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पूर्व शासकहरुको हेलचक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराट्र नीतिमा अफठ्यारो पार्ने र दुबै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उहाँले आग्रह गुर्नभयो ।

विडारीले सरकारले गाउँ गाउँमा किसानहरुका लागि मल, विउ र किटनाशक औषधिको व्यवस्था गर्न माग गर्नुभएको छ । किसानहरुको उत्पादन सरकारले गाउँबाट किनेर वितरण गर्नसके मात्रै भारतबाट तरकारी ल्याउनै पर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

जनताहरु लक डाउनमा रहेका बेला मन्त्री, सांसद र नेताहरुले धेरै हिडडुल गर्नुभन्दा संक्रमण नियन्त्रण र रोकथामका लागि के गर्न सकिन्छ त्यतातिर काम गर्न आग्रह गर्नुभयो ।

सांसद विडारीले पास वितरणमा अझै कडाई गर्न गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ । २, ४ हजार रुपैयाँ भएका गुण्डाहरुले गाडीका पास लिएर हिड्ने तर जनतालाई आक्रान्त पार्ने काम नगर्न उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ३ : ०१ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा