११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

देवदहमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना बिमा



बुटवल । देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना बिमा गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको अवस्थामा देवदह नगरपालिकाले नगरमा क्रियाशिल जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना विमा गरेको हो ।

देवदह नगरपालिकाले स्थानीय सम्पूर्ण जनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल पत्रकार, नगरपालिकाका सम्पूर्ण कर्मचारी, देवदह प्रहरी चौकीका प्रहरी र देवदह क्षेत्रमा संचालनमा रहेका एम्वुलेन्स चालकहरुको कोरोना विमा गराईएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिनु भयो । देवदह नगरपालिकाले जनरल ईन्सुरेन्स कम्पनी नेपाल संग कोरोना विमा गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले जानकारी दिनु भयो ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको जोमिख मोलेर काम गर्न वाध्य भएका जनप्रतिनिधि, पत्रकार, प्रहरी, कर्मचारी, एम्वुलेन्स चालक सर्वसाधारणको तुलनामा जोखिममा काम गर्न बाध्य हुनु पर्ने भएकाले नगरपालिकाले कोरोना विमा गरिदिएको नगर प्रमुख हिराबहादुर खत्रीले जानकारी दिनु भयो ।

नगरपालिकाका अनुसार जर्नल ईन्सुरेन्स कम्पनी नेपाल संग गरिएको कोरोना विमामा जनप्रतिनिधि, पत्रकार, कर्मचारी, प्रहरी र एम्वुलेन्स चालकलाई कोरोना पोजेटिभ देखिए एक लाख पाउने गरी कोराना विमा गरिएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ५ : ४२ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि