४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालले जारी गरेको राजनितिक नक्साका बारेमा आयो भारतको प्रतिक्रिया



काठमाडौं । भारतले नेपालले आज सार्वजानिक गरेको नयाँ राजनीतिक नक्सा अस्वीकार्य हुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेलगत्तै भारतले विरोध गरेको हो ।

नेपालले नक्सा साव्जानिक गरेकै दिन भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा भातीय भूभाग परेको दाबी गरेको छ । भारतले नेपालले जारी गरेको नक्सालाई एकपक्षीय रुपमा जारी गरेको भन्दै नेपालले गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको छ । सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित रहेको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ । बिज्ञप्तिमा नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतलाई नक्सा स्वीकार्य नहुने बताएको छ ।

नेपालको नक्सालाई अनुचित दाबीको संज्ञा दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिज्ञप्तिमा सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भनेका छन् । उनले भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह समेत गरेकाछन् । प्रवक्ता श्रीवास्तवले नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गरेकाछन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ९ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको