१८ चैत्र २०७९, शनिबार | April 1, 2023

गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो



बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका गुल्मी मदानेका कोरोना पीडित पुरुषको मृत्यु भएको छ ।

४१ वर्षीय ती पुरुषको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका कोभिड–१९ फोकलपर्सन डा. उमाशंकर चौधरीले पुष्टि गर्नुभयो ।

पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गराएका थिए । त्यसपछि उपचारका लागि उनी क्रिमशन अस्पताल आएका थिए । स्वास्थ्यअवस्था अत्यन्त नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका उनको २ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

उनको बुधबार नै मृत्यु भएको समाचार कतिपय संचारमाध्यममा प्रकाशित प्रसारित भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालले त्यसको खण्डन गरेका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ९ : ३४ बजे

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो

आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर