७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो



बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका गुल्मी मदानेका कोरोना पीडित पुरुषको मृत्यु भएको छ ।

४१ वर्षीय ती पुरुषको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका कोभिड–१९ फोकलपर्सन डा. उमाशंकर चौधरीले पुष्टि गर्नुभयो ।

पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गराएका थिए । त्यसपछि उपचारका लागि उनी क्रिमशन अस्पताल आएका थिए । स्वास्थ्यअवस्था अत्यन्त नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका उनको २ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

उनको बुधबार नै मृत्यु भएको समाचार कतिपय संचारमाध्यममा प्रकाशित प्रसारित भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालले त्यसको खण्डन गरेका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ९ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११