४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

सीमा विवादबारे भारतीय जनतालाई मिडियाले गुमराहमा पारे : मुख्यमन्त्री पोखरेल



काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय मिडियाले नेपाल- भारत सीमाबारे गलत र भ्रामक समाचार सम्प्रेषण गरेर भारतीय जनतालाई नै गुमराहमा राखेको बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले भारतीय मिडियाले सीमासम्बन्धी विवादको आधार र पृष्ठभूमिका बारेमा भारतीय जनातालाई गुमराहमा राखेको बताउनुभएको छ ।

पोखरेललेले फेसबुकमा लेख्नुभएको छ, भारतिय मिडियामा जुनप्रकारको छटपटी देखिदैछ त्यसले कालापानी क्षेत्रको नेपालको दावीलाई नै बलियो देखाउछ । यदी नेपालको दावी कमजोर र आधारहिन भएकोभए भारतीय मिडिया यति निम्न स्तरको वहसमा उत्रनुपर्ने थिएन, नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन ।’

पोखरेलले भन्नुहुन्छ, ‘ भारतीय मिडियाले नेपाल पक्षको दावीको आधार प्रस्तुत नगरी एकलौटी भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भनिरहेका छन् । उनीहरु यस विवादको आधार र पृष्ठभूमिका वारेमा भारतीय जनतालाई गुमाराहमा राखिरहेका छन् । त्यही भएर त सम्माननीय प्रधानमन्त्रीले भारतको प्रतिक चिन्हलाई संकेत गर्दै भन्नु परेको हो –‘सत्यमेव जयते कि सिंहमेव जयतेु ? आशा गरौ सत्यमेव जयते नै हुनेछ ।’

मुख्यमन्त्री पोखरेलले भारतले त पाँचपर्ष पहिले नै चीनलाई उक्त सडकवाट व्यापारगर्न सहमत गराएको तर नेपालकोआधार बलियो भएको र नेपालले तत्काल असहमती जनाएका कारणले चीनले यतिवेला द्विपक्षीय वार्तावाट समस्या समाधानगर्न भन्नु परेको पनि जिकिर गर्नुभएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १० : १६ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म