२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

सीमा विवादबारे भारतीय जनतालाई मिडियाले गुमराहमा पारे : मुख्यमन्त्री पोखरेल



काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय मिडियाले नेपाल- भारत सीमाबारे गलत र भ्रामक समाचार सम्प्रेषण गरेर भारतीय जनतालाई नै गुमराहमा राखेको बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले भारतीय मिडियाले सीमासम्बन्धी विवादको आधार र पृष्ठभूमिका बारेमा भारतीय जनातालाई गुमराहमा राखेको बताउनुभएको छ ।

पोखरेललेले फेसबुकमा लेख्नुभएको छ, भारतिय मिडियामा जुनप्रकारको छटपटी देखिदैछ त्यसले कालापानी क्षेत्रको नेपालको दावीलाई नै बलियो देखाउछ । यदी नेपालको दावी कमजोर र आधारहिन भएकोभए भारतीय मिडिया यति निम्न स्तरको वहसमा उत्रनुपर्ने थिएन, नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन ।’

पोखरेलले भन्नुहुन्छ, ‘ भारतीय मिडियाले नेपाल पक्षको दावीको आधार प्रस्तुत नगरी एकलौटी भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भनिरहेका छन् । उनीहरु यस विवादको आधार र पृष्ठभूमिका वारेमा भारतीय जनतालाई गुमाराहमा राखिरहेका छन् । त्यही भएर त सम्माननीय प्रधानमन्त्रीले भारतको प्रतिक चिन्हलाई संकेत गर्दै भन्नु परेको हो –‘सत्यमेव जयते कि सिंहमेव जयतेु ? आशा गरौ सत्यमेव जयते नै हुनेछ ।’

मुख्यमन्त्री पोखरेलले भारतले त पाँचपर्ष पहिले नै चीनलाई उक्त सडकवाट व्यापारगर्न सहमत गराएको तर नेपालकोआधार बलियो भएको र नेपालले तत्काल असहमती जनाएका कारणले चीनले यतिवेला द्विपक्षीय वार्तावाट समस्या समाधानगर्न भन्नु परेको पनि जिकिर गर्नुभएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १० : १६ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत