२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारतीय विदेश मन्त्रालयलाई पूर्वपरराष्ट्रमन्त्री कमल थापाको जवाफ : तिमीले नै कृतिम भूभाग वृद्धि गर्यौं



काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भारतले नै नेपाली भूमि अतिक्रमण गरेर कृतिम भूभाग वृद्धि गरेको स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय विदेशमन्त्रालयको आरोपलाई अस्वीकार गर्दै नेपाली भूमि अतिक्रमण भारतले गरेको तथ्य प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष थापाले सन् १८१६ को सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएका बलिया आधार नेपालसँग भएको बताउँदै पछि भारतले नेपाली भूमि अतिक्रमण गर्न थालेको जिकिर गर्नुभएको छ ।

थापाले भन्नुभएको छ, ‘सन् १८१६ को सन्धिअनुसार काली नदीदेखि पूर्वका क्षेत्र नेपालका हुन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक काली नदीभन्दा पूर्वमा अवस्थित छन्, । सन् १९६२ पछि भारतले नेपालका यी भूभागमा सैन्य ब्यारेक र सडकहरु बनाएको हो । ‘त्यसैले आफ्नो भूभागको कृत्रिम वृद्धि गरिएको भन्ने आरोप कसलाई लाग्छ त ?’ पूर्वपरराष्ट्र तथा गृहमन्त्री समेत रहेका थापाले प्रश्न गर्नुभएको छ ।

नेपालले नेपालले बुधबार भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि भारतको विदेश मन्त्रालयले नेपालको कदमलाई आफ्नो भूभागको कृत्रिम वृद्धि गरेको आरोप लगाएउँदै अस्वीकार्य भएको टिप्पणी गरेको थियो ।

थापाले नेपालले कसैको उक्साहटमा यो विषय उठाएको भन्ने भारतीय सेना प्रमुख आरोपको पनि खण्डन गर्नुभएको छ ।

दुई पक्षबीच भएको सो समझदारी विपरित भारतले नेपाली भूभाग समेत मिचेर चीनसँग जोड्ने सडक उद्घाटन गरेका कारण समस्या थप बल्झिएको थापाले बताउनुभएको छ ।

‘त्यसैले हामी आफ्नो राष्ट्रिय अखण्डताको रक्षा गर्न पहलकदमी लिन बाध्य भएका छौं, कृपया नेपाललाई आरोप लगााउन बन्द गर। हामी संवादका लागि तयार छौं र तथ्य र प्रमाणका आधारमा यो मुद्दा सल्टाउन चाहन्छौं।’

‘नेपालले बिभिन्न क्षेत्रमा भएका अतिक्रमणविरुद्ध ६ दशकदेखि निरन्तर कुरा उठाउँदै आएको छ,’ उनले भनेका छन्, ‘हामीले यो विषयलाई द्विपक्षीय संवाद मार्फत् नै सहमत भएका हौं।’

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १२ : ०९ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म