७ आश्विन २०८३, बुधबार | September 23, 2026

ईटलियन घरेलु फुटबल सिजन अगष्ट २० भित्र



एजेन्सी । ईटालियन फुटबल संघले कोरोना भाइरसको महामारीका कारण अवरुद्ध घरेलु फुटबलको सिजन अगष्ट २० भित्र सक्ने तयारी गरेको छ ।

संघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग अगष्ट २० भित्र सक्ने गरि तालिका हेरफेर गर्न लागेको हो । यस्तै, संघले सिरि एको अर्को सिजन भने सेप्टेम्बर १ बाट सुरु गर्ने तयारी गरेको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत र तीनै डिभिजनको प्रमुखबीच चालू सिजनका खेलहरु सक्ने गरि तालिका परिमार्जनमा छलफल भएको छ ।

संघले कोपा ईटालिया समेत अगष्टको अन्त्यमा सक्ने गरि अघि बढ्ने अनुमती दिएको छ ।

ईटलीमा फैलिएको कोरोना संक्रमणपछि गत मार्चबाट चालू सिजन अबरुद्ध छ । जुन १४ अघि कुनैपनि खेल गतिविधि सञ्चालन हुनेछैनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १२ : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई