६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सप्तरीमा लकडाउन पालना गराउन प्रहरीलाई हम्मे हम्मे



सप्तरी । सप्तरीमा लकडाउन पालना गराउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

सप्तरीमा सुरक्षाकर्मीले कडाई गरेपनि विगत केही दिनयता लकडाउनको ब्यापक उल्लघंन भैरहेको छ ।

तराई मधेशको महत्वपूर्ण पर्व बट सावित्रि शुक्रबार परेकाले ठूलो संख्यामा सर्वसाधारण किनमेलका लागि निस्किन थालेपछि लकडाउनको उल्लंघन बढेको हो । बजार निस्किने मध्ये धेरैले मास्क समेत नलगाईकन हुल बाँधेर हिँड्न थालेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ ।

बजारमा किनमेलका लागि निस्कने मध्ये अधिकांश महिला नै रहेका छन् । जसकारण लकडाउन पालना गराउन सडकमा खटिएका सुरक्षाकर्मीलाई बल प्रयोग गर्न समेत समस्या परेको छ ।

पतिको दिर्घायुको कामनाका लागि गरिने बट सावित्री ब्रत तथा पूजामा महिलाहरुकै सहभागिता रहने गरेको छ । प्रशासनले किनमेलका लागि निश्चित समय नतोकिदिएका कारणले पनि जुनसुकै बेला मानिस बाहिर निस्कने गरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमरनाथ मण्डलको भनाई छ ।

किनमेलका लागि आएकाहरुलाई प्रहरीले लखेट्ने र प्रहरीको आँखा छलेर फेरी पसल धाउने क्रम बिहीबार दिनभरीजसो चलेको छ । प्रहरी देख्नासाथ पसलको सटर झार्ने र गएपछि पुनः सटर उठाएर पसललेले कारोबार गर्न थालेपछि सर्वसाधारण र पसलेलाई सम्झाउँदा सम्झाउदा हैरान बनेको डियुटीमा खटिएका एक सुरक्षाकर्मीले बताए ।

यसरी बजारमा भिडभाड बढ्न थालेपछि कोरोनाको जोखिम बढ्ने भन्दै स्थानिय बुद्धिजीविले पसल खोल्ने निश्चित समय तोक्न र सामाजिक दुरी कायम गराउने सवालमा स्थानीय प्रशासनले आवश्यक पहल गर्नपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ३ : ३९ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा