२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

झापा र रुपन्देहीमा ९ जना थपिए, कोरोना संक्रमितको संख्या ४५३ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ ।

झापामा ८ र रुपन्देहीमा १ जना गरी ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

झापाको कचनाकवलको लक्ष्मीस्कुलमा रहेको क्वारेन्टाइनमा रहेका ८ जना र लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउसमा रहेका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. दिपक अधिकारीले बताउनुभयो ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ । यसमध्ये ३८३ पुरुष र ७० महिला रहेको डा. देवकोटाले जानकारी दिनुभयो ।

अहिलेसम्म प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १३६ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

यस्तै, टेकु अस्पतालबाट चार जना डिस्चार्ज भएका छन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा दुई पुरुष र दुई जना महिला रहेका छन् ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ४ : ३० बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म