२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

प्रदेश नम्बर ५ मा २ प्रदेशसभा सदस्य सहित ११ जनामा आरडीटी रिपोर्ट पोजिटिभ



बुटवल । प्रतिनिधि सभा र राष्ट्रियसभाको बजेट अधिवेशन पूर्व सबै सदस्यहरुको कोरोना भाइरसको पिसिआर परिक्षण गरिएपनि प्रदेश नम्बर ५ का सदस्यहरुको भने आरडिटी परिक्षण गरिएको छ । भोलीबाट सुरुहुने प्रदेश नम्बर ५ प्रदेशसभाको पुर्वसंध्यामा आज सभासदहरु सहित सम्बद्धहरुको आरडिटी माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

भोलीदेखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको पोजिटिभ रिपोर्ट आएको छ । आज गरिएको परिक्षणमा दुई सभासद सहित ११ जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार पोजेटिभ आउनेमा दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड छन्।

प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको हो। ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले ४० जना पत्रकारको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनु भयो ।

प्रवक्ता श्रेष्ठका अनुसार कोभिड १९को नेगेटिभ रिपोर्ट प्रस्तुत नगर्दा सम्म सभासदहरु बैठक कक्षमा प्रवेश गर्न पाउने छैनन् । आज आरडीटी पोजिटिभ आएका २ जनाको पिसिआर रिपोर्ट सहित ८ जना सभासदहरु परिक्षण गर्न छुटेकाछन् । उनीहरुको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र सभाकक्षमा प्रवेश दिईने श्रेष्ठले बताउनु भयो । पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखि पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो। सभासदहरु सहित ३ सय ९८ जनाको प्रदेश सभा सचिवालयमा आरडिटी बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।

प्रदेश ५ को बजेट अधिवेशन भोलि दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ८ : ०९ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म