२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

प्रदेश नम्बर ५ मा २ प्रदेशसभा सदस्य सहित ११ जनामा आरडीटी रिपोर्ट पोजिटिभ



बुटवल । प्रतिनिधि सभा र राष्ट्रियसभाको बजेट अधिवेशन पूर्व सबै सदस्यहरुको कोरोना भाइरसको पिसिआर परिक्षण गरिएपनि प्रदेश नम्बर ५ का सदस्यहरुको भने आरडिटी परिक्षण गरिएको छ । भोलीबाट सुरुहुने प्रदेश नम्बर ५ प्रदेशसभाको पुर्वसंध्यामा आज सभासदहरु सहित सम्बद्धहरुको आरडिटी माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

भोलीदेखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको पोजिटिभ रिपोर्ट आएको छ । आज गरिएको परिक्षणमा दुई सभासद सहित ११ जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार पोजेटिभ आउनेमा दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड छन्।

प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको हो। ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले ४० जना पत्रकारको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनु भयो ।

प्रवक्ता श्रेष्ठका अनुसार कोभिड १९को नेगेटिभ रिपोर्ट प्रस्तुत नगर्दा सम्म सभासदहरु बैठक कक्षमा प्रवेश गर्न पाउने छैनन् । आज आरडीटी पोजिटिभ आएका २ जनाको पिसिआर रिपोर्ट सहित ८ जना सभासदहरु परिक्षण गर्न छुटेकाछन् । उनीहरुको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र सभाकक्षमा प्रवेश दिईने श्रेष्ठले बताउनु भयो । पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखि पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो। सभासदहरु सहित ३ सय ९८ जनाको प्रदेश सभा सचिवालयमा आरडिटी बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।

प्रदेश ५ को बजेट अधिवेशन भोलि दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ८ : ०९ बजे

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको