४ पुस २०८२, शुक्रबार | December 19, 2025

२१ संक्रमितको अस्पतालबाट डिस्चार्ज, थप १४ दिन होम क्वारेन्टाईनमा बस्नुपर्ने



खजुरा । बांकेका्े खजुरा स्थित सुशिल कोईराला क्यान्सर अस्पतालमा उपचारत २१ जना संक्रमितहरु आज कोरोनालाई पराष्ट गर्दै अस्पतालबाट बिदा भएकाछन् ।

बांकेका पहिलो ६० बषिर्य संक्रमित सहित २१ जनाको दास्रो पटकको कोरोना परिक्षण नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गरिएको हो । उनीहरुले अस्पतालमा २० र २१ दिन पुरा गरेका छन् ।

अस्पतालबाट बिदाई गर्न भेरी अस्पतालका मे सु प्रकाश थापा, खजुरा गांउ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति लगायत अस्पताल पुग्नुभएको थियो । उनीहरुलाई डाक्टर थापाले फुल खादा ओढाएर बिदाई गर्नुभएको थियो ।

अस्पतालबाट बिदाई भएपनि उनीहरु १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने छ । उनीहरुलाई होम क्यारेन्टाईनमा बस्ने सर्त सहितको कागज गराई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बांकेको कोरोना फेकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

अन्यस्थानमा आईसोलसन निर्माण गर्नेकार्यको बिरोध गरेपनि खजुरामा क्यान्सर अस्पताल निर्माण गर्न स्थानीय जन प्रतिनिधिहरुले सक्रिय भुमिका खेलेका थिए । अस्पतालमा हाल ३६ वटा सुबिधा सम्पन्न बेड रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १२ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको