६ बैशाख २०८३, आइतबार | April 19, 2026

बुटवलमा ५० वेडको अर्को आइसोलेशन अस्पताल बन्यो



बुटवल । कोरोना संक्रमितलाई प्रभावकारी उपचार गर्नेगरी बुटवलमा अर्को आइसोलेशन अस्पताल निर्माण भएको छ । उपमहानगरपालिकाले केही दिन यता ५० वेडको आइसोलेशन अस्पताल तयार पारेको हो ।

वडा न ११ देविनगर स्थित एन्फा एकेडेमीको भवनमा ५० वेडको आइसोलेशन अस्पताल तयार पारिएको हो । धागो कारखानामा आइसीयूसहितको कोरोना विशेष अस्पतालपछि यहाँ अर्को थप अस्पताल निर्माण भएको हो ।

एन्फा एकेडेमीको भवनमा उपयुक्त आइसोलेशन अस्पताल निर्माण गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । बिदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्न बेड थप्ने कामसंगै अर्को आइसोलेशन अस्पताल निर्माण गरिएको प्रमुख सुवेदीको भनाइ छ । अस्पतालमा हाल ५० वटा वेड राखिएका छन् भने आवश्यक परेमा अरु थप गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

खुला मैदान समेत त्यहीँ भएकाले व्यायामका लागि पनि उपयुक्त हुने विश्वास गरिएको प्रमुख सुवेदीले बताउनुभयो । हाल बुटवल-१२, तामनगर क्वारेन्टाइनमा रहेका करिब एक सय २० जनाको आरडीटी परीक्षण भइरहेको छ ।

त्यसमा पोजेटिभ देखिनेको पीसीआर परीक्षण गरिनेछ । त्यसमा पनि पोजेटिभ देखिनेलाई सम्भवतः यहीँ आइसोलेशनमा लगिनेछ । लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले नै यहाँ पनि चेकजाँच गर्नेछन् ।

प्रदेश सरकारको समन्वयमा आइसोलेशन अस्पताल निर्मण गरिएको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

क्वारेन्टाइनमा योगा अभ्यास

क्वारेन्टाइनमा योगा पनि चलिरहेको छ । योगिराज विष्णुहरि आचार्यले योगा अभ्यास गराइरहनुभएको छ । बुटवलको तामनगर र कान्ति स्कुलमा क्वारेन्टाइन सञ्चालन गरिएको छ । तिनै स्थलमा पुगेर योगा अभ्यास गराएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  २ : ०३ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका