६ श्रावण २०८३, बुधबार | July 22, 2026

वैज्ञानिक अनुसन्धान भन्छ : कोरोना रोक्न ट्रम्पले मार्केटिङ गरेको हाइड्रोक्सिक्लोरिक्वन औषधी घातक



कोरोना भाइरसबाट बच्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक मार्केटिङ गरिरहेको औषधी हाइड्रोक्सीक्लोरिक्वाइन घातक रहेको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

मलेरिया र बाथ रोग निदानका लागि चिकित्सकहरुले रिफर गर्ने यो औषधीलाई राष्ट्रपति ट्रम्पले कोरोना रोक्नसक्ने प्रभावशाली औषधी भन्दै व्यापक प्रचार गरिरहेका छन् । उनले यो औषधी आफु पनि सेवन गरेको बताएका छन् ।

तर, विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययनले हाइड्रोक्सीक्लोरोक्वाइन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लगाएको बीबीसीले जनाएको छ ।

चिकित्सकहरुलेयो औषधि सेवन गर्नु घातक हुने बारम्बार चेतावनी दिँदै आएका थिए ।

लान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अध्ययनबाट के पत्ता लागेको छ भने कोरोना संक्रमितलाई मलेरियाको उक्त औषधिबाट फाइदा नभएको पाइयो। बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइयो।’

हाइड्रोक्सीक्लोरोक्वाइन मलेरियाका बिरामीका लागि उपयोगी तथा बाथ र लुपुस रोगका लागि लाभदायक रहेपनि कोरोना संक्रमितका लागि यस औषधिले फाइदा पुर्‍याउने कुनै अनुसन्धानले नदेखाएको यस अघिदेखि नै विज्ञले बताइरहेका छन्।

लान्सेटले अध्ययनमा ९६ हजार कोरोना संक्रमित बिरामीलाई सामेल गराइएको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : २६ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न