५ पुस २०८२, शनिबार | December 20, 2025

कर्णाली प्रदेशका मुख्यमन्त्री सहित मन्त्री र सभासदको कोरोना नेगेटिभ



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री सहित १६५ मन्त्री, सभासद तथा सम्बद्धहरुको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशसभा सुरुहुने २ दिन पुर्व परिक्षण गरिएकोमा मुख्यमन्त्री महेन्द्र शाही, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सभामुख, उपसभामुख र सभासदहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

भोलीदेखि सुरु हुने प्रदेश सभाको बजेट अधिवेशन पुर्व परिक्षण गराईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकाले निर्धारित समयमा नै बैठक प्रारम्भ हुने कर्णाली प्रदेशसभाका सचिव जिवराज बुढाथोकीले बताउनु भयो ।

प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले प्रदेशमा कोभिड १९ का बिरुद्ध अपनाउनुपर्ने सबै तयारी पुरा भएको र रोकथाम र नियन्त्रणमा सरकारको पहलकदमी कमी नहुने बताउनु भयो ।

ग्रीन जोनमा रहेको कर्णाली प्रदेशमा सबैभन्दा पछि दैलेखमा १ जनालाई संक्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ०६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य