३ पुस २०८२, बिहिबार | December 19, 2025

भक्तपुरकी कोरोना संक्रमित स्थानीय महिला जनप्रतिनिधि



काठमाडौं । कोरोना संक्रमणले पहिलो पटक स्थानीय जनप्रतिनिधिलाई पनि समातेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार राति पुष्टि गरेका संक्रमितमध्येका एकजना भक्तपुर नगरपालिका–९ की महिला जनप्रतिनिधि भएको खुलेको हो ।

४२ वर्षीया ती महिला जनप्रतिनिधि राहत वितरणलगायतका काममा सक्रिय थिइन् । सोही क्रममै क्रममै कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

उनको सम्पर्कमा आएकाहरुको खोजी गर्न शनिबार बिहानबाट कन्ट्याक्ट ट्रेसिङ सुरु गरी पीसीआर परीक्षण हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बतानुभयो ।

मुटुको बिरामी ती महिलाको ओपन हार्ट सर्जरी गरिएको थियो । घरमा श्रीमान र छोराछोरी छन् ।

अहिले उनलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । सुरुमा घरमै बस्छु भनेकी उनलाई अस्पतालमा नै बढी सुविधा हुने भन्दै लगिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ४३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको