७ आश्विन २०८३, बुधबार | September 23, 2026

कर्णालीमा ३ सहित ३६ जना थपिए, देशभर कोरोना संक्रमितको संख्या ५८४ पुग्यो



काठमाडौं । कर्णाली प्रदेशमा ३ जना संक्रमितसहित शनिबार अपरान्हसम्म कुल ३६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ५८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा गरिएको परीक्षणमा दुई पुरुष र १ महिला गरी ३ जनालाई संक्रमण पुष्टि भएको छ । कर्णालीमा यसअघि १ जनालाई संक्रमण देखिएको थियो ।
सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणमा वैतडी शिवनाथ गाउँपालिकाका ४ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जनालाई संक्रमण पुष्टि भएको छ भने नरैनापुरकै क्वारेन्टाइनमा रहेका २१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले बताउनुभयो ।

बर्दिया बढैयातालका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोशी प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकास्थित डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ६ जनालाई पनि संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म देशभर ५०५ पुरुष र ७९ महिला गरी ५८४ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ४ : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११