५ पुस २०८२, शनिबार | December 20, 2025

कर्णालीमा ३ सहित ३६ जना थपिए, देशभर कोरोना संक्रमितको संख्या ५८४ पुग्यो



काठमाडौं । कर्णाली प्रदेशमा ३ जना संक्रमितसहित शनिबार अपरान्हसम्म कुल ३६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ५८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा गरिएको परीक्षणमा दुई पुरुष र १ महिला गरी ३ जनालाई संक्रमण पुष्टि भएको छ । कर्णालीमा यसअघि १ जनालाई संक्रमण देखिएको थियो ।
सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणमा वैतडी शिवनाथ गाउँपालिकाका ४ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जनालाई संक्रमण पुष्टि भएको छ भने नरैनापुरकै क्वारेन्टाइनमा रहेका २१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले बताउनुभयो ।

बर्दिया बढैयातालका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोशी प्रयोगशालामा गरिएको परीक्षणमा झापाको झापा गाउँपालिकास्थित डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ६ जनालाई पनि संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म देशभर ५०५ पुरुष र ७९ महिला गरी ५८४ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ४ : २६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता