४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश ५ को नामाकरण र राजधानी कोभिड-१९ नियन्त्रण पछि



बुटवल । प्रदेश नम्बर ५ ले फेरी पनि चालु प्रदेशसभा अधिवेशनबाट नाम र स्थायी राजधानी नपाउने भएको छ । प्रदेशसभाको बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाइने बताउनु भएपछि नामारण र राजधानीको समय सरेको हो ।

आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लगाइने बताउनु भयो । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण गरिने समेत बताउनु भयो ।
नीति तथा कार्यक्रममा अर्को बर्ष चरंगे(पाल्पा दोभान सडकमा सवारी गुडाइने जनाइएको छ । प्रदेशभरका सबै नागरिकलाइ बिजुली पुर्याउदै ३ बर्षभित्र उज्यालो प्रदेश बनाइने जनाइएको छ । प्रदेश ५ का सबै काठका पोल हटाइनेछ ।

सरकारको कार्यक्रममा प्रदेशका सडकहरुमा सन्चालन हुने यातायात र यात्रुको सूरक्षाका लागि मोड काटने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
ठुला सडकलाई सुरक्षतीत बनाई भाडालाई कार्डको माध्यमबाट लिईने कार्यक्रम तय गरीएको छ भने चालु आर्थिक बर्षमा ५५ बटा पुल निर्माण सम्पन्न गरीने र बांकी ४० पुल अर्को बर्ष सम्पन्न गरिने सरकारको निती तथा कार्यक्रममा समावेश गरीएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको