११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

भारतीय क्वारेन्टाइनमा एक नेपालीको मृत्यु



बुटवल । समावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसाईएका एक जना नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका युवा स्याङजाका हरिनाथ नगरपालिका-२ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको भारतीय क्यारेन्टाईनमा मृत्यु भएको हो । जेठ ५ गते देखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका शनिबार मृत्यु भएको नेपाल भारत सिमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले पुष्टी गर्नुभयो ।

मृतक थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार जिल्ला सदरमुकाम महाराजगंज अस्पतालमा उपचार पश्चात पुनः क्वारेन्टाइनमा ल्याइएको थियो । क्वारेन्टाइन फर्के लगत्तै उनको मृत्यु भएको थियो ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा आईपुगेका थिए। नेपाल तर्फबाट उनलाई बुझ्ने कोहि नआएपछि उनी नेपाल प्रवेश गर्न पाएका थिएनन् । मृतक थापासगै उनको भिनाजु पनि क्वारेन्टाइनमा छन् ।

नेपालले देश भित्रिन चाहनेहरुलाई नेपाल तर्फबाट बुझेर क्यारेन्टाईनमा राख्ने स्थानीयतहको सुनिश्चितताको आधारमा प्रवेश दिने निति बनाएको छ । स्थानीयतहले स्विकार नगर्दा सम्म सीमामा पुगेर अलपत्र पर्ने नेपाली नागरिकलाई नौतनवास्थित स्थापना गरिएको विभिन्न क्वारेन्टाइनमा राख्ने गरिन्छ ।

प्रहरी निरिक्षक अधिकारीका अनुसार मृतकको परिक्षणमा कोभिड-१९ पुष्टी भए भारतमै अन्त्यस्ति गरिने र सामान्य अवस्थामा नेपाल ल्याएर आफन्तलाई सव बुझाईने छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ६ : ०५ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि