११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

वलिउडका चर्चित अभिनेता किरण कुमारलाई एसिम्प्टोमेटिक कोरोना



बलिउडका चर्चित अभिनेता किरण कुमारलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । किरण कुमारलाई गत मे १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोनाको कुनै लक्षण बिना पोजेटिभ (एसिम्प्टोमेटिक) देखिएको थियो ।

किरणले न्यूज १८ लाई बताएका छन् कि उनी केही दिन पहिले सामान्य औषधोपचारका लागि अस्प्ताल गएका थिए । उनलाई कोरोनाभाइरसको परीक्षण गराउन भनिएको थियो। मे १४ मा परीक्षण सकारात्मक देखिए पछि अहिले उनी घरमै क्वारेन्टाइनमा बसेका छन् ।

‘मलाई कुनै लक्षण विना कोरोना सकारात्मक देखिएको छ । मैले मे १४ मा परीक्षण गरेको थिए । पछिपछि मलाई कोरोनाभाइरस भएको पत्ता लगायो। तर मलाई न त ज्वरो छ, न खोकी छ, न कुनै श्वासफेर्दा कुनै अप्ठ्यारो भएको छ । म ठिकै छु । घरमा मैले क्वारेन्टाइनमा बसेको छु। यो १० दिनको बीचमा पनि ममा कुनै लक्षण विकास भएको छैन’, उनले भने ।

उनी अहिले आफ्नो घरको तेस्रो तलामा बसेका छन् । घरका अन्य परिवार दोस्रो तलामा बस्छन् ।

वलिउडका धेरै चलचित्रमा किरण कुमारले अभिनेताको अभिनय गरेका छ्न ।

वलिउड इन्ट्रस्ट्रीमा अभिनेत्री कनिका कुपरलाई सबैभन्दा पहिला कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको लखनउमा उपचार भएको थियो ।

यसैगरी निर्माता करीम मोरानी र उनकी छोरीहरू जोआ र शाजालाई पनि कोरोनाभाइरस पत्ता लागेको थियो। यद्यपि उनीहरूलाई निको भैसकेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  १२ : २५ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा