२७ मंसिर २०८२, शनिबार | December 14, 2025

कोरोना अस्पतालमा इद मनाउन कपडा र सेवई



कपिलवस्तु । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना भाइरस संक्रमितलाई इदुल फित्रका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ ।

मुस्लिम समुदायको मुख्य पर्व इद सोमबार मनाइने भएकाले कोरोना संक्रमित मुसलमान समुदायका व्यक्तिलाई अस्पतालले कपडा र खाद्य पदार्थ वितरण गरेको हो ।

कपिलवस्तु र रुपन्देही जिल्लाका मुसलमान समुदायका १२ व्यक्तिलाई नयाँ कपडा, नमाज पढ्दा बिछयाइने मुसल्ला, इदमा खाइने सेवई वितरण गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो । उनीहरुलाई बुटवलस्थित धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा सामग्री वितरण गरिएको डा खनालले बताउनुभयो ।

उक्त अस्पतालमा उपचारार्थ मुसलमानमध्ये शनिबार चार जना कोरोना जितेर घर फर्किएका छन् । साथै अस्पतालमा रहेका सबै संक्रमितलाई सेवई खाने व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।

कपिलवस्तुका १० संक्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा. सुुदर्शन थापाले जानकारी दिनुभयो । कपिलवस्तुमा शनिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएसँंगै जिल्लामा कोरोना संक्रमित ८० पुगेका छन् ।

साझेदारी वनले किट खरिद गर्दै
कपिलवस्तुका तीन साझेदारी वन व्यवस्थापन समितिले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पिसिआर किट खरीद गर्ने भएका छन् । साझेदारी वन समितिले किट खरीद गरेर गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्रअन्तर्गतका किट आभाव भएका शिवराज, कृष्णनगर, महाराजगञ्ज र बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकालाई किट प्रदान गर्ने भएका छन् ।

कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको पिसिआर किट खरिद गर्ने निर्णय गरेको गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका पालिकामा किट अभाव भएकाले किट खरीद गरी पाँच पालिकालाई हस्तान्तरण गरिने वन अधिकृत कार्कीले बताउनु भयो । बैठकले कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारीको अध्यक्षतामा किट खरिद तथा वितरण समिति गठन गरी खरीद प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ६ : २० बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ । जिल्लाको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको