४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

ईद-उल-फित्रको अवसरमा प्रधानमन्त्रीको शुभकामना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ ।

एक महिने ब्रत रमजानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिंदै प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाउनुभएको छ ।

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

एक महिने ब्रत रमजानका बेला समुदायले वर्षभरी गरेको आम्दानीलाई हिसाव गरि त्यसको २ दशमलव ५ प्रतिशत गरिव र असहायलाई बांड्ने गर्दछन् त्यसलाई समुदायले जकात भन्दछन् । जकातबाटै निश्चित रकम छुट्याएर ईदको दिन फित्र दान गरेपछि ईदगाहामा नमाज पढेर ईद पर्व मनाउने गरिन्छ । ईदमा गच्छे अनुसार बिभिन्न परिकारहरु बनाई छरछिमेक, इष्टमित्रलाई बोलाई इदी खुवाउने चलन समेत रहेको छ ।

तर यसवर्ष कोरोना कहरका कारण इस्लामहरुले न त ब्रतमा मस्जिदमा गएर नामज पढे न तराबी । आज पनि ईदगाहा मस्जिदमा नगई घरघरमै नमाज पढेर पर्व मनाउन धर्मगुरुहरुले आह्वान गरेकाछन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ०७ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म