१ आश्विन २०८३, बिहिबार | September 18, 2026

नुवाकोटका संक्रमित नेकपाका नेता, ककनी–३ लाई १० दिन सिल



काठमाडौं । नुवाकोटमा पहिलो पटक देखिएको कोरोना भाइरसका संक्रमित व्यक्ति नेकपाका स्थानीय नेता भएको खुलेको छ ।
ककनी गाउँपालिका ३ मा संक्रमण पुष्टि भएपछि ककनी क्षेत्र १० दिनका लागि सिल गरिएको छ ।

प्रदेश खानेपानी योजनाका सदस्य समेत रहेका उनी काठमाडौं बारम्बार ओहोरदोहोर गरिरहन्थ्ये । स्थानीय नेतामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा धेरै जना आएको भन्दै गाउँपालिका बन्द गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले विज्ञप्ति जारी गरी ककनी वडा नम्बर ३ मा अब १० दिनका लागि हिँडडुल गर्न नपाइने, वडामा रहेका सबै सरकारी कार्यालयसमेत बन्द रहने, घरबाट समेत निस्कन नपाइने गरी प्रतिबन्ध लगाइएको जनाउनुभएको छ ।

संक्रमित व्यक्तिलाई आइतबार साँझै काठमाडौंस्थित टेकु अस्पतालमा ल्याइएको छ । परिवारका सदस्यहरुलाई भने होम क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १० : ०३ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा