२ बैशाख २०८३, बुधबार | April 15, 2026

नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु, वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिनुभयो ।

जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषको अन्त्येष्टि भने भइसकेको छ । मृतकको स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको उपाध्यायले बताउनुभयो ।

अहिले नेशनल मेडिकल कलेज सिल गर्ने प्रक्रिया अगाडि बढेको छ । क्षयरोग, दम र निमोनियाबाट ग्रसित ती व्यक्तिलाई परिवारका सदस्यले २ गते अस्पताल ल्याएका थिए ।

योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बाँके, गुल्मी र सिन्धुपाल्चोकका तीनजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १२ : २२ बजे

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन । चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा

मन्त्रिपरिषद् बैठक : सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ । सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा