६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कोरोना पोजेटिभ मृतकको शव व्यवस्थापनमा नेशनल मेडिकल कलेजको गम्भीर लापरवाही



वीरगन्ज । गत जेट ४ गते मृत्यु भएका एक वृद्धको शव व्यवस्थानमा वीरगन्जको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पुष्टि भएको छ ।

जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको शव कलेजले परिवारलाई तत्काल हस्तान्तरण गरेको थियो । अस्पतालले शव हस्तान्तरण गरेपछि सोही दिन मृतकको अन्त्येष्टि पनि भइसकेको छ ।

तर, कोरोनाको आशंकामा गरिएको स्वाव परीक्षण गर्न सुरु गरिएपछि कलेजले अन्तिम नतिजा नआउनेबेलासम्म शवलाई सुरक्षित राख्नुपर्नेमा परिवारलाई बुझाएर गम्भीर लापरवाही र गल्ती गरेको छ ।

वीरगन्जस्थि नारायणी अस्पतामा गरिएको परीक्षण शंकास्पद आएपछि ती वृद्धको स्वावलाई पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाको रिपोर्ट नआउँदासम्म अस्पतालले शव परिवारलाई बुझाउनै मिल्दैनथ्यो ।

कोरोनाबाट मृत्यु भएको भए त्यो शवको व्यवस्थापन स्वास्थ्यमन्त्रालयले तय गरेको कार्यविधि अनुसार मात्र गर्नुपर्छ । सुरक्षाका उपाय अपनाएर मात्र शवको अन्त्येष्टि गरिनुपर्छ । तर, अस्पतलले जतिसक्यो छिटो शव पन्छाउन खोज्दा अहिले झन बढी सन्त्रास उत्पन्न भएको छ ।

अस्पतालले सामान्य अवस्थाका बिरामीलाई जसरी शव बुझाएको थियो । सो शवको अन्तेष्टिमा ५० भन्दा बढी मलामी गएका थिए ।

यसअघि, मान्छे मरिसकेपछि परिवारलाई शव बुझाउने सामान्य प्रक्रिया भएको हल्का प्रतिक्रिया दिएको मेडिकल कलेजले कोरोना पुष्टि भएपछि भने केही बोलेको छैन । तर, प्रशासनले भने नेशनल मेडिकल कलेजको लापरवाहीबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ३ : ३९ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा