५ पुस २०८२, शनिबार | December 20, 2025

४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ८ सहसचिव र उपसचिवको सरुवा



काठमाडौं  । कोरोना भाइरसको संक्रमित बढ्दै गएको अवस्थामा गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) तथा ८ जना उपसचिव र सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ। उनी गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत थिए। गृह मन्त्रालय, सिंहदरबारमा कार्यरत उपसचिव शम्भुप्रसाद रेग्मीलाई पर्वत र भुपेन्द्र थापालाई जुम्लाको जिल्ला प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सह सचिव कुमारबहादुर खड्कालाई गृह मन्त्रालय सिंहदरबारमा तानेर त्यहाँ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उपसचिव रामबहादुर कुरुम्वाङलाई पठाएको छ। कुरुम्वाङले कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेन्छन्।
लकडाउन कार्यान्वयन कमजोर भएका कारण बांकेमा कोरोना जोखिम बढेको जनगुनासो आएका बेला कुरुम्बाङलाई बांके पठाइएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ५ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको