१७ श्रावण २०८३, आइतबार | August 2, 2026

लुम्बिनी प्रादेशिक अस्पतालको ओपिडी जेठ २० गतेबाट संचालन हुने, सबै सेवा सुचारु गर्ने अस्पतालको तयारी



बुटवल । कोरोना भाइरसको त्रासका कारण नेपालका अधिकांस अस्पतालको ओपिडी सेवा बन्द रहेका बेला बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले भने ओपिडी सेवा सुचारु गर्ने भएको छ ।

बिरामीको चाप र न्युन आय भएका वर्ग उपचारबाट बन्चित भएको समस्यालाई ध्यानमा राख्दै ओपिडी संचालन गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश नम्बर ५ को राजधानीमा रहेको लुम्बिनी अस्पतालमा रुपन्देही, पाल्पा, गुल्मी, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, अर्घाखांची, प्युठान, रोल्पा, रुकुम सम्मका बिरामी उपचारका लागि आउने गर्दछन् ।

ओपिडी संचालनमा अत्याधिक भिड हुने अस्पतालको समस्या समाधानका लागि लकडाउनको अवसर उपयोग गर्दै ओपिडी संचालनको नयां संरचना तयार भईरहेको छ । सामाजिक दुरी कायम गर्न सकिने गरि एक ओपिडी एक डाक्टरको ब्यवस्थापन गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो ।

लुम्बिनी अस्पतालकै संयोजनामा बुटवलमा अर्को कोरोना बिशेष अस्पताल निर्माण भई भेन्टीलेटर र आईसियु सुबिधा सहित संचालनमा आएकाले अस्पतालको ओपिडी संचालन गर्न असहज नहुने डाक्टर खनालको बिश्वास छ । कोरोना आशंकितलाई कोरोना अस्पताल पठाउने र अन्य बिरामीलाई सेवा दिने गरि अस्पताल संचालन गर्न लागिएको उहांले बताउनुभयो ।

अस्पतालमा छुट्टै ज्वरो क्लिनिकको ब्यवस्थापन गरि ज्वरो आएको अवस्थामा छुट्टै आइसोलेसनमा राख्ने र कोरोना भए नभएको पहिचान पछि मात्र ओपिडी वा बिशषज्ञ सेवा प्रदान गर्नेगरि ब्यवस्था मिलाईएको डाक्टर खनालले बताउनु भयो । खनालका अनुसार चिकित्सकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै परामर्श दिने देखि आवश्यक पर्दा जुनसुकैबेला पिपिइवा अन्य साधन श्रोतको उपयोग गरि बिरामीलाई सेवा प्रदान गरिने छ ।

लुम्बिनी अस्पतालले लकडाउनको बेलामा पनि प्रसुती, डायलासिस र आकस्मीक सेवा भने निरन्तर संचालन गर्दै आएको छ । प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशीक अस्पताललाई अन्तराष्ट्रिय मापदण्डको सुबिधासम्पन्न अस्पतालकारुपमा बिकास गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ०७ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो