१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

लुम्बिनी प्रादेशिक अस्पतालको ओपिडी जेठ २० गतेबाट संचालन हुने, सबै सेवा सुचारु गर्ने अस्पतालको तयारी



बुटवल । कोरोना भाइरसको त्रासका कारण नेपालका अधिकांस अस्पतालको ओपिडी सेवा बन्द रहेका बेला बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले भने ओपिडी सेवा सुचारु गर्ने भएको छ ।

बिरामीको चाप र न्युन आय भएका वर्ग उपचारबाट बन्चित भएको समस्यालाई ध्यानमा राख्दै ओपिडी संचालन गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश नम्बर ५ को राजधानीमा रहेको लुम्बिनी अस्पतालमा रुपन्देही, पाल्पा, गुल्मी, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, अर्घाखांची, प्युठान, रोल्पा, रुकुम सम्मका बिरामी उपचारका लागि आउने गर्दछन् ।

ओपिडी संचालनमा अत्याधिक भिड हुने अस्पतालको समस्या समाधानका लागि लकडाउनको अवसर उपयोग गर्दै ओपिडी संचालनको नयां संरचना तयार भईरहेको छ । सामाजिक दुरी कायम गर्न सकिने गरि एक ओपिडी एक डाक्टरको ब्यवस्थापन गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो ।

लुम्बिनी अस्पतालकै संयोजनामा बुटवलमा अर्को कोरोना बिशेष अस्पताल निर्माण भई भेन्टीलेटर र आईसियु सुबिधा सहित संचालनमा आएकाले अस्पतालको ओपिडी संचालन गर्न असहज नहुने डाक्टर खनालको बिश्वास छ । कोरोना आशंकितलाई कोरोना अस्पताल पठाउने र अन्य बिरामीलाई सेवा दिने गरि अस्पताल संचालन गर्न लागिएको उहांले बताउनुभयो ।

अस्पतालमा छुट्टै ज्वरो क्लिनिकको ब्यवस्थापन गरि ज्वरो आएको अवस्थामा छुट्टै आइसोलेसनमा राख्ने र कोरोना भए नभएको पहिचान पछि मात्र ओपिडी वा बिशषज्ञ सेवा प्रदान गर्नेगरि ब्यवस्था मिलाईएको डाक्टर खनालले बताउनु भयो । खनालका अनुसार चिकित्सकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै परामर्श दिने देखि आवश्यक पर्दा जुनसुकैबेला पिपिइवा अन्य साधन श्रोतको उपयोग गरि बिरामीलाई सेवा प्रदान गरिने छ ।

लुम्बिनी अस्पतालले लकडाउनको बेलामा पनि प्रसुती, डायलासिस र आकस्मीक सेवा भने निरन्तर संचालन गर्दै आएको छ । प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशीक अस्पताललाई अन्तराष्ट्रिय मापदण्डको सुबिधासम्पन्न अस्पतालकारुपमा बिकास गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ०७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका