२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

किसानलाई बीउबिजनको समस्या



दाङ । दाङका किसानलाई खेतीपाती गर्ने समय शुरु भएसँगै मल, बीउ र औषधिको अभाव देखिएको छ । अहिले धान खेतीका लागि बीउ र कीटनाशक औषधिको अभाव रहेको एग्रोभेटका सञ्चालकले बताउने गरेका छन् ।

भर्खरै लगाइएको मकै बालीमा अमेरिकी फौजी कीराले नष्ट गर्न थालेपछि किसानहरु औषधिको खोजी गर्न थालेका छन् । मगाइएका बीउ तथा औषधि समयमा आइनपुगेकाले किसानलाई समस्या परेको सिद्धार्थ एग्री सेन्टरका सञ्चालक एकनारायण पौडेलले बताउनुभयो । अहिले फौजी कीरा नियन्त्रण गर्नका लागि औषधिको माग बढिरहेको उहाँको भनाइ छ । कतिपय बीउ तथा औषधि अहिले कोरोनाको संक्रमणका कारण देश बाहिरबाट ल्याउनुपर्दा धेरै समय लाग्ने गरेको उहाँको भनाइ छ ।

घोराहीकै आरसी एग्रोभेटका सञ्चालक रवीन्द्र चौधरी पनि लकडाउनले गर्दा समस्या परेको बताउनुहुन्छ । मगाइएको बीउबिजन र कीटनाशक औषधि समयमा नआउने समस्या रहेको उहाँले बताउनुभयो ।

कृषकले खोजेअनुसारको बीउ उपलब्ध हुन नसक्दा फर्केर समेत जाने गरेको उहाँले बताउनुभयो । सामान ल्याउन नसक्दा एग्रोसेन्टर आउने सेवाग्राही किसानलाई फर्काउनुपर्ने अवस्था आएको चौधरीले बताउनुभयो । लकडाउनका कारण ढुवानीका लागि गाडी नपाउँदा समस्या भएको उहाँको भनाइ छ ।

सवारी साधनबाट जोखिम मोलेर ल्याउनुपर्दा ढुवानी पनि महँंगो पर्ने गरेको सिद्धार्थ एग्री सेन्टरका पौडेल बताउनुहुन्छ । पहिले रु २२/२३ हजार ढुवानी खर्च तिर्ने गरेकामा अहिले ७०/७५ हजार तिर्नुपरेको उहाँको भनाइ छ । पहिले एक बाकस ढुवानी गर्दा  ७० देखि ८० लाग्ने गरेकामा अहिले १५० भन्दा बढी तिर्नुपरेको पनि उहाँले जानकारी दिनुभयो ।

लकडाउनका कारण जिल्लामा करेसा तथा कौसी खेती गर्नेहरु बढेको एग्रोभेट बताउँछन् । अहिले निर्वाहमुखी खेती गर्नेको संख्य पनि वृद्धि भएको छ । बन्दाबन्दीले सबै फुर्सदिला भएका कारण थोरै ठाउँमा खेती गर्नेहरु बढेको उनीहरुको भनाइ छ ।

करेसाबारीमा खेती गर्ने गरी बीउ किन्न आउनेहरुको संख्या बढेको आरसी एग्रोभेटका सञ्चालक चौधरीले बताउनुभयो । “बोडी, भिन्डी, सिमी, करेलाका बीउ बढी लग्ने गरेका छन्, त्यो पनि करेसाबारीमा लगाउने भनेर थोरै परिमाणमा किन्ने गरेका छन् तर व्यावसायिकरुपमा खेती गर्ने कृषकहरु भने यो पटक थोरै देखिएका छन्”, उहाँले भन्नुभयो ।

लकडाउनको कारण बीउ किन्न आउने कृषक पनि समस्यामा परेका छन् । एग्रोभेट खुले पनि बजारसम्म आउन समस्या हुने गरेको उनीहरु बताउँछन् । “गाउँबाट बजारसम्म जान पनि समस्या छ, मोटरसाइकलसम्म पनि लैजान दिइँदैन, बजार कसरी जानू”, घोराही –६ का कृषक भरत चौधरीले भन्नुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ३ : ४६ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब