३२ असार २०८३, बिहिबार | July 16, 2026

भारतबाट नेपाली आउने क्रम जारी, बीरगंजमा एकैदिन ३ सय बढी नेपाली देश भित्रिए



बीरगञ्ज । स्थानीय तहले क्वारेन्टाइनमा राख्ने सर्तमा सिमामा रहेका नेपाली भित्राउने निति लिएपछि हरेक दिन नेपाल भारत सिमानाकाबाट नेपाल भित्रिनेहरुको संख्या थपिईरहेको छ । कञ्चनपुरको गड्डा चौकी नाकाबाट ५ हजार नेपाली भित्रिएको भोलिपल्ट बिरगंजको रक्सौल नाकाबाट आज ३ सय बढी नेपाली नगरिक नेपाल भित्रीएका छन । छिमेकी मुलुक भारतको बिभिन्न ठाऊमा अलपत्र परेका ३७५ जना नेपालीहरुलाई बिरगंज रक्सौल नाकाबाट नेपाल भित्राईएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

पर्सा र काठमाडौंका नागरिकलाई स्थानीय क्वारेन्टाईनमा राखि अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाईने तयारी भइसकेको उहाले बताउनुभयो । दाङ, रुकुम लगायत जिल्लाका स्थानीय तहहरुले आफ्नो नागरिक लिन गाडी बुक गरेर बीरगञ्ज पठाएको र उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राख्ने सर्तमा सम्बन्धित जिल्लामा पठाईने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

बीरगंजको रक्सौल नाका संगै भैरहवाको बेलहिया, कपिलवस्तुको कृष्णनगर, नेपालगन्जको जमुनाहा, कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी नाकाबाट हरेक दिन हजारौं नेपालीहरु भित्रिईरहेकाछन् । चोरीबाटो प्रयोग गरि भित्रिनेहरुको दाता भने सरकारसंग छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १ : ४८ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध